Dr. Tulasi Ram Vaidya

Former Vice Chancellor  and Professor

Dr. Tulsi Ram Vaidya

प्रा.डा. तुलसीराम वैद्य
वि.सं. १९९६ साल फाल्गुण १७ गते जन्मेका प्रा.डा. तुलसीराम वैद्यले अलाहवाद विश्वविद्यालयबाट इतिहास विषयमा एम.ए. तथा पीएच.डी. गर्नु भएको हो। २०१७ साल आषाढ १८ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्य सुरु गरेका प्रा.डा. वैद्य इतिहास केन्द्रीय विभागमा प्राध्यापक र विभागीय प्रमुख हुनुका साथै राष्ट्रिय विकास सेवाको निर्देशक, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन, त्रि.वि. प्राज्ञिक परिषद्का सदस्य सचिव, परीक्षा नियन्त्रक आदि पदमा सक्रिय रूपमा कार्य गर्नु भएको थियो। डा. वैद्य एक्लैले आठ वटा र सहलेखक भई सोह्र वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ। त्रि.वि. अर्न्तर्गत २० जना शोधार्थीलाई पीएच.डी. गराउनुका साथै उहाँले दुई दर्जनभन्दा बढी विदेशी पीएच.डी. शोधार्थीको शोधग्रन्थ मूल्याङ्कन गर्नुभएको छ। एशियाका इतिहासकारहरूको अन्तराष्ट्रिय संघका उपाध्यक्ष र नेपाल इतिहास संघका अध्यक्ष भएका डा. वैद्य विभिन्न अन्तराष्ट्रिय सम्मलेन र सभाहरूमा सहभागी हुन नर्वे, फ्रान्स, स्विजरल्याण्ड, इण्डोनेशिया, हङ्गकङ्ग, मलेसिया, श्रीलंका, थाइल्याण्ड, इङ्गल्याण्ड, भारत आदि देशहरू जानुभएको छ। राष्ट्रिय स्तरका अनेक संघ संगठनहरूबाट सम्मानित तथा विभूषित डा. वैद्य हाल लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हुनुहुन्थ्यो। उहाँले नेपाली सेनाको सैनिक संग्राहलय स्थापना गर्न करीब २ वर्षसम्म विशेषज्ञ सल्लाहकारको रुपमा काम गर्नु भएको थियो।