← Back to About Us
Brigadier General Chiniya Bahadur Basnyat

Brigadier General Chiniya Bahadur Basnyat

Background

नेपाली सेनामा प्यारा जम्प गर्ने पहिलो पुरुष र नेपाली सेनामा छाताधारी फौजको स्थापना गर्ने योजना अनुरूप तत्कालीन उपसेनानी चिनियाको नेतृत्वमा १५ जनाको शिक्षक टोली (Instructor team) मित्र राष्ट्र इजरायलमा प्यारा चुटिङ टे्रनिङ्गको लागि वि.सं. २०२२ भाद्र ५ गते गएको थियो भने त्यहा गएर प्यारा जम्प गर्ने पहिलो नेपाली चिनिया बस्न्यात नै थिए।

त्यसैगरी नेपाली सेनामा २०१८ सालमा पहिलोपटक चलेको अधिकृत आधार तालिम (officer cadet training) मा उनी प्रथम भएका थिए।

Professional Experience

  • लेवनानमा खटिएको संयुक्त राष्ट्र सङ्घीय (युनिफिल) शान्ति सेनामा पहिलोपटक गुल्मपति र अर्कोपटक गणपति
  • पूर्व युगोस्लाभियाको संयुक्त राष्ट्र संघिय (अनप्रोफर) शान्ति सेनामा चिफ अफ स्टाफ
  • संयुक्त राज्य अमेरिका र क्यानडाका लागि नेपाल सरकारको तर्फबाट सै��िक सहचारी
  • भैरबनाथ गण (छाता धारी विशेष फौज) को गणपति
  • प्रधानसेनापति सत्चितशम्शेर राणाको सैनिक सहायक
  • जङ्गी अड्डामा पि.एस.ओज. कार्यालयको सचिव
  • नेपाली सेनाको शान्ति सेना सञ्चालन निर्देशनालयको पहिलो निर्देशक
  • नेपाली सेनाको विशेष फौज रहेको नं. १० बाहिनीको म.से. दर्जामा पहिलो का.मु. बाहिनीपति
  • नं. १ बाहिनीपति

Training

अति नै उच्च शारीरिक सहिष्णुता भएका चिनियाले स्वदेशको साथै विदेशमा अमेरिका, जर्मनी र इजरायलमा विभिन्न पेशागत तालिमहरू गरेका छन्।

Awards

  • त्रिशक्ति पट्ट
  • गोर्खा दक्षिणबाहु
  • लिजन अफ मेरिट (अमेरिका)

Museum Work

उहाँले सैनिक संग्राहलय खडा गर्नको लागि सल्लाहकारको रुपमा काम गर्नु भएको थियो।